मनमैजुमा प्रभू बैंकको नयाँ शाखा

काठमाडौं– तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभू  बैंकको नयाँ शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे । प्रभु बैंक र साविक ग्राण्ड बैंक नेपालवीचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित  प्रभु बैंक को शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको जनाइएको छ मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?