राजीनामा नदिएसम्म सरकार काम चलाउ नहुने मन्त्रीको तर्क

काठमाडौं– उद्योग मन्त्री सुनिलबहादुर थापाले सरकार काम चलाउ भई नसकेको दावी गरेका छन् मन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएसम्म सरकार काम चलाउ नहुने तर्क गरेका हुन् मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन सम्पन्न भईसकेकाले नयाँ सरकार बन्ने तयारी भईरहेको पनि स्पष्ट पारे मन्त्री थापाले नयाँ सरकारबाट जनताले ठूलो आशा गरेकाले सोही अनुसारको तयारी गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए कार्यक्रममा १० वर्ष भित्रमा मुलुक भित्रै रोजगारीको अवसर सृजना हुने गरी युवा उद्यमशील कार्यक्रम अघि बढाउन उद्योग मन्त्रालयले राष्ट्रिय युवा परिषदसँग समझदारी पनि गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?