बलिउडका यी ६ अपराधिक काण्ड, यस्तो छ नालीबेली

एजेन्सी- बलिउड अभिनेता संजय दत्त र सलमानदेखि अपराधिक आपराधिक काण्डमा थुप्रै कलाकार तोडिएका छन् । हामी अहिले चाहिँ सञ्जय र सलमानबाहेकका आपराधिक काण्डबारे भारतीय अनलाइनको सहयोगमा एक सामग्री पस्कँदै छौंःबलिउडकी सुन्दर हिरोइन मध्यकी एक हुन्–सोनाली बेंद्रे । उनले जेल र कोटको चक्कर काट्नु परेको थियो । एक समय उनलाई रिलीजियम गु्रपको भावनामा आहात पुर्याएको आरोप लागेको थियो । पछि उनलाई जमानत समेत मिल्यो । यी अभिनेत्रीलाई यो केस दाग बनेर रहेको छ बलिउडका चर्चित म्युजिक कम्पोजर र गायक हुन् अंकित तिवारी । रोमान्टिक गीतमा उनको बलिउडमा राज नै भन्दा फरक पर्दैन । गतबर्ष एक साथीले उनलाई रेपको आरोप लगाएकी थिइन् । जसको कारणले उनी जेल समेत जानु परेको थियो ६० दशकको सफल अभिनेत्री मध्यकी एक हुन् मधुबाला । धेरै मानिसलाई थहा छैन होला । उनको बिरुद्द पनि एक आरोप दर्ता भएको थियो । एक समयका चर्चित निर्माता बी.आर.चोपडाले उनी बिरुद्द मुद्दा दायर गरेका थिए बलिउडका छोटे नवाव सैफ अलि खानको नाम सलमानको चिन्कारा केसमा समेत लिइएको थियो । तर त्यो त्यतिकै सेलायो । केही पहिले उनी श्रीमती सहित एक रेष्टुरेन्टमा पुगेका थिए । उक्त रेष्टुरेन्टमा उनको झगडा समेत भयो । लफडामा एक ब्यक्तिको नाम भाचियो । रेष्टुरेन्टमा रहेका सबैले सो आरोप उनी माथि लगाए । उनी बिरुद्ध एक केस समेत दर्ता भयो एक समयका चर्चित कलाकार शाइनी अहुजा जेल समेत बसेका थिए । उनलाई आफ्नै घरमा काम गर्ने एक महिलालाई रेप गरेको आरोप लागेको थियो । जव यो समाचार बलिउडमा सार्वजनिक भयो । पुरै चलचित्र क्षेत्र आचार्य चकित बनेको थियो बलिउडका ह्याण्डसम अभिनेता जोन अब्राहम मोटर बाइक प्रेमी हुन् । २००६ मा उनलाई बाइक प्रेम निकै महँगो पर्यो । यसैबर्ष जोनलाई अत्याधिक गतीमा बाइक चलाएको र दुई मानिसलाई घाइते बनाएको आरोप लाग्यो । यो केसमा उनले १५ दिन जेलबस्नु पर्ने थियो । तर पछि जमानत मिलाइएको कारण उनी जेल बस्नबाट बचे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?