काठमाडाैकाे सडकमै लुटेर भाग्ने क्रममा पक्राउ

काठमाडौं, ११ पुस- यात्रु बसमा सवार यात्रुको मोबाईल र पर्स लुटी भाग्ने क्रममा सिन्धुलीको भञ्ज्याङ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय निरबहादुर दमाई लगायत ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकबाट बा.३ ख १६४७ नम्बरको बसमा सवार काठमाडौं बल्खु बस्ने बाराको गढीमाईका २४ वर्षीय श्यामकुमार गुप्ताको मोबाईल र पर्स लुटी भाग्ने क्रममा बल्खु नजिक सडकबाट महानगरीय प्रहरी बृत्त कालिमाटीको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?