यस्तो छ निखिलको र सारसँग आइटम

काठमाडौं – ४ माघ प्रदर्शन मिति तय गरेको चलचित्र ‘पिंजडा ब्याक अगेन’को आइटम गीत सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गीतको भिडियो भने अपलोड गरिएको छैन भिडियो सार्वजनिक गर्दा चलचित्रको कथावस्तु बाँहिर आउने डरले निर्माण युनिटले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको जनाएको छ । र ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ, भने बसन्त सापकोटाले संगीत दिएका छन् । गीतको शब्द डा. कृष्णहरी बरालले कोरेका हुन् द्धन्द्ध निर्देशक हिमाल केसी निर्देशित चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले चलचित्र छायाँकन गरेका छन् निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत मुख्य भुमिकामा रहेको चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री यसका निर्माता हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?