कमल थापाले पोखे मनको यस्तो बह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिका नाममा विगत १२ बर्षदेखि राजनीतिक सिण्डिकेट भएको दाबी गर्दै अव त्यस्तो कार्य बन्द गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् –‘नयाँ संबिधान कार्यान्वनमा आएको २ बर्ष भयो, संसदको चुनाव पनि सकियो । अब विधिविधान अनुसार राज्यव्यवस्था संचालन हुनुपर्छ । संविधानको व्याख्यामा विवाद वा चित्त नबुझे संबिधान बमोजिम सर्वोच्च अदालतले टुंगो लगाउँछ । कथित सहमतिको नाममा १२ बर्षदेखि राजनीतिमा कायम सिण्डिकेट प्रणाली अब बन्द हुनुपर्छ ।’ राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति नहुँदा राष्ट्रिय सभा गठनमा ढिलाइ भइरहेका वेला अध्यक्ष थापाको यस्तो धारणा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?