आजदेखि पशुपतिनाथ मन्दिर परिसरमा सवारी लैजान निशेष

काठमाडौं, ११ पुस । पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन लैजान निषेध गरिएको छ विश्व सम्पदा सूचीमा समेत सूचिकृत रहेको पशुपति मन्दिर परिसरमा मंगलबारदेखि सवारी लैजान निषेध गरिएको हो यसअघि ट्राफिक प्रहरीले काठमाडौंको ठमेललाई सवारी मुक्त घोषणा गरेको थियो । विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नका लागि सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए यसअघि पशुपतिको पश्चिम र दक्षिण ढोकासम्म सवारी साधन लैजान पाउने व्यवस्था थियो । सवारी साधन मन्दिरको गेटसम्मै पुग्दा भक्तजनहरुलाई हिँडडुलमा समस्या उत्पन्न हुने गरेको थियो भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएको बेला पशुपतिनाथ मन्दिरको मूलढोकासम्मै गाडीहरु लगिएको थियो । शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान निषेध गर्ने गरिएको थियो शव बाहन र एम्बुलेन्स भने पशुपति क्षेत्र प्रवेश गर्न पाउनेछन् । पशुपति क्षेत्र वरपर घर भएकाहरुका लागि आफ्नो घरसम्म पास लिएर गाडी लैजान सक्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?