२४ माघ २०७९, मंगलवार

सरकार गठनभन्दा पहिले पार्टी एकता : मन्त्री पोखरेल

२०७४,पुष,११,मंगलवार ०६:०७

0
Shares

विराटनगर, ११ पुस । बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन् । 

प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारे ।

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गरे । निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गरे ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उहाँले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिए ।

मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि उनले बताए ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आइपुगेकी छन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७