१० जेष्ठ २०७९, मंगलवार

अपांगताको परिभाषा सच्याउन माग

२०७४,पुष,११,मंगलवार ०५:४८

0
Shares

काठमाडाैं, ११ पुस । नेपाल सुस्तश्रवण संघले अपांगता वर्गीकरणको परिभाषालाई सरकारले अव्यवहारिक रुपमा परिभाषित गरेकोमा विरोध जनाएको छ ।

संघले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी कानूनलाई श्रवणयन्त्र राख्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई मात्रै सम्बोधन गरेको भन्दै उक्त व्यवस्था परिमार्जन गर्न सरकारसमक्ष मागसमेत गरेका छन् पत्रकार सम्मेलन अायाेजना गरेर संघका अध्यक्ष मचाभाई महर्जनले सुस्तश्रवणका बारेमा सरकारले अझ फराकिलो र अन्तरराष्ट्रिय मापदण्डबमोजिम परिभाषा बनाउनुपर्ने माग गर्दै अपांगता परिचयपत्र सुस्तश्रवण भएकालाई सहजरुपमा उपलब्ध नभएकोमा गुनासो व्यक्त गरे ।

उनले सरकारलाई तत्काल सहजरुपमा परिचयपत्र उपलब्ध हुने वातावरण मिलाई दिन आग्रह गर्दै भने, “अपांगता रोकथाम तथा पुनःस्थापना १० वर्षे रणनीति कार्ययोजना, २०७३–२०८२ बाट सुस्तश्रवण मानिस लाभान्वित हुन सकेका छैनन्, त्यो प्रत्याभूतिको अपेक्षा हामीले गरेका छौँ ।”अपांगतासम्बन्धी ऐन, २०७४ ले एक कान ९५ डेसिबल र अर्को कान ४० डेसिबल सुन्ने मानिसलाई अपांगता प्रमाणपत्र प्रदान गर्न रोकेकोप्रति पनि संघले आपत्ति जनाएको छ सो अवसरमा सुस्तश्रवण भएका मानिसका लागि सरकारले उपलब्ध गराउने कुनै पनि सामग्री सुलभ तरिकाले नपाउने र पाए पनि धेरै झन्झट व्यहोर्नुपर्ने अधिकांश सुस्तश्रवणले गुनासो गरे ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३