इङलिस प्रिमियर लिग फुटबलमा आजराति ९ वटा खेल हुँदै

काठमाडौं, ११ पुस । इङलिस प्रिमियर लिग फुटबलमा आज ९ खेल हुँदैछन् बक्सिङ डे म्याचका रुपमा चिनिने खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले बर्नलीलेसँग खेल्दा तेस्रो स्थानको चेल्सी र ब्राइटन एन्ड होभ अल्बियन खेल्नेछन् आजै लिभरपूल र स्वान्सी सिटी, टोटनह्याम हट्सपर र साउथह्याम्पटन, वाट्फोर्ड र लेष्टर सिटी, बर्नमाउथ र वेष्ट ह्याम युनाईटेड, हडर्सफिल्ड टाउन र स्टोक सिटी तथा वेष्ट ब्रोम र एभर्टनबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?