मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं, ११ पुस । राजधानीको मैतीदेवीमा विजुलीको पोलमा ठोक्किएर बस दुर्घटना हुँदा कम्तिमा पनि १७ जना घाइते भएका छन् बा २ ख ८७३३ नम्बरको बस सेतोपुलस्थित पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएकामध्ये ९ जनालाई उपचारका लागि वीर अस्पतालमा र ८ जनालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछि मात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?