उम्मेदवार बन्न अयोग्य घोषित रुसी विपक्षी नेताद्वारा बहिस्कार गर्न आव्हान

मस्को, ११ पुस । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा बहिस्कार गर्न आफ्ना समर्थकलाई आग्रह गरेका छन् चुनावमा भ्लादिमिर पुटिनविरुद्ध उठ्न अयोग्य घोषित भएका विपक्षी नेताले चुनाव बहिस्कार गर्न आव्हान गरेका हुन् । उनले आफू विनाको चुनावको वैधानिकता नहुने भन्दै मतदाताहरुलाई विरोध जनाउन आह्वान गरे रुसको निर्वाचन आयोगले नभाल्नीविरुद्धको फौजदारी अभियोगमा दोषी ठहर गरिएकाले उनी राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेको हो । पुटिन चौथोपटक कार्यकालका लागि उम्मेदवार बन्न लागेका छन् ४१ वर्षीय नभाल्निलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिनसक्ने एकमात्रै उम्मेदवारका रुपमा हेरिएको थियो । भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको भन्दै त्यहाँको केन्द्रिय निर्वाचन आयोगले नभाल्नी चुनाव लड्नका लागि अयोग्य भएको बताएको छ नभाल्नीले भने आफूविरुद्धको अभियोग राजनीतिक रुपमा अभिप्रेरित भएको आरोप लगाएका छ । निर्वाचन आयोगको निर्णयपछि बोल्दै नभाल्नीले आफूहरुलाई भाग लिन भनिएको प्रक्रिया चुनाव नभएको भन्दै विरोध प्रदर्शनको घोषणा मतदाताहरुले गर्ने बताए निर्वाचन आयोगकी प्रमुख एला पम्फिलिभाले नाभाल्नीलाई एउटा फौजदारी अभियोगमा दोषी ठहराइएकाले उनी चुनावमा उम्मेदवार हुन अयोग्य भएको बताएकी छन् । नभाल्नीले भने आफूले संवैधानिक अदालतमा पुनरावेदन दिने बताएका छन् किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कम्पनीबाट झण्डै पाँच लाख डलर बराबरको काठ घोटाला गरेकोमा उनलाई दोषी ठहर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?