वैद्य माओवादीले भन्यो, ‘नेपालमा प्रतिक्रान्तिको अर्को अध्याय सुरु भयो’

काठमाडौं, ११ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिनकारी माओवादी) ले देशमा प्रतिक्रान्तिको अर्को अध्यायको सुरुवात भएको निश्कर्ष निकालेको छ चितवनमा बसेको ५ दिन लामो केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव मोहन वैद्यले नेपालमा वास्तविक अर्थमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको उल्लेख गरेका छन् महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिक्रियावादीहरु तथा प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थी संशोधनवादीहरुले निर्वाचनबाट संक्रमण कालको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयन र इतिहासको नयाँ अध्याय तथा नयाँ युगको थालनी भएको बताएका छन् । परन्तु, बास्तविक अर्थमा नेपालमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको छ ।’वैद्यले विज्ञप्तिमा प्रतिक्रान्तिको अध्यायको अन्त्य र नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न विशेष परिश्रम गर्नुपर्नेमा पनि जोड दिएका छन् हालै भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको वैद्य माओवादीले त्यसलाई मूलतः सही भएको विश्लेषण पनि गरेको छ । यसैगरी बैठकले संगठन विस्तार तथा सुदृढिकरण र जनपरिचालन सम्बन्धी तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ बैठकले पार्टीको स्थायी समिति र पोलिटब्युरो चयन गर्नुका साथै केन्द्रीय सदस्यको कार्यविभाजन समेत गरेको छ वैद्य माओवादीले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध गर्ने भन्दै माक्र्सवाद—लेनिनवाद—माओवादको पथप्रदर्शनमा नयाँ जनवाद हुदै समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट पार्टीहरुसँग वार्ता÷संवादको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको महासचिव वैद्यले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?