७ चैत्र २०७९, मंगलवार

जनकपुरमा चुनावी रौनक , परिवार एक, दल फरक

२०७४,भाद्र,२६,सोमवार ०१:४४

0
Shares

जनकपुरधाम, २६ भदौ- स्थानीय तह निर्वाचनमा एकै परिवारबाट दुई जनाले फरक दलबाट उम्मेदवारी दिएपछि पारिवारिक सदस्यहरूबीच पनि राजनीतिक विभाजन देखिएको छ । बुवाले छोरालाई, छोराले बुवालाई, भाइले दिदीलाई, दिदीले भाइलाई पनि मत नदिने अवस्था देखिएको छ ।

‘राजनीतिले सम्बन्धलाई पनि छोड्दैन,’ जनकपुरका राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाले भने । जनकपुर उपमहानगरपालिकामा बुवा र छोरा फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । जनकपुर ५ का ६४ वर्षीय युसुफ साफी धोबीले राप्रपाबाट उपप्रमुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने उनका छोरा २८ वर्षीय इद मोहम्मद साफीले राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुर उपमहानगरपालिका–५ को वडाअध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बुवाछोरा नै फरकफरक पार्टीबाट उम्मेदवार बनेपछि परिवारको मत विभाजन हुने भएको छ । राप्रपाबाट उपप्रमुखका उम्मेदवार बनेका बुवा युसुफले आफूले आफ्नै दलको उम्मेदवारलाई भोट दिने बताए । ‘म आफ्नो पार्टीका लागि भोट माग्छु, छोरालाई भोट दिन्नँ,’ उनले भने । यसैगरी छोरा इद मोहम्मद पनि आफूले उम्मेदवारी दिएको पार्टी राजपाका उम्मेदवारलाई नै परिवारका सदस्यसमेतले मतदान गर्ने बताउँछन्, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०१:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६