विप्लव–वैद्यबीच पार्टी एकता होला ? यस्तो भयो सहमति

काठमाडौं, ११ पुस– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । त्यसका लागि दुबै पार्टी गम्भीर भएर लागिपर्ने समझदारी भएको छ राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरिएको वैद्य र विप्लवले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ वक्तव्यमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन र एकताको आलोचना गरिएको छ ‘ प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरु बीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन्’, वक्तब्यमा भनिएको छ, ‘त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको छ भने नेपाली काँग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीहरुलाई गोलवन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।’वक्तव्यमा भारतको कडा आलोचना गर्दै सन् १९५०को असमान संन्धि हुँदै शेरबहादुर देउवा नेतृत्वको सरकारसँगको ४६ बुदें सहमतिसम्म पुग्दा कोशी, गण्डकी, महाकाली, कर्णाली, अरुण जस्ता ठूला नदीहरुमा हस्तक्षेप भएको आरोप समेत लगाइएको छ यस्तै उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको विरोध समेत दुई पार्टीले गरेका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?