२४ माघ २०७९, मंगलवार

अध्यक्ष लोहनीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

२०७४,पुष,१०,सोमवार १५:३७

9
Shares

काठमाडौँ, १० पुस – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ समितिका पदाधिकारी तथा सदस्यले अध्यक्षको प्रतिवेदनमा धारणा राख्ने कार्य जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित भएको छ । भोलि बिहान ८ बजे सोही स्थानमा पुनः बैठक बस्ने बताइएको छ १७ सदस्यीय सो समितिका अधिकाँश सदस्यले मुलुकमा विकास भएको राजनीतिक अवस्था, पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयबारे समीक्षा गर्ने, धारणा राख्ने र भावी रणनीति तय गर्ने योजना रहेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

ताजा समाचार

विप्लवले बोलाए विशेष पत्रकार सम्मेलन
 २०७९,माघ,२४,मंगलवार ११:४०