७ चैत्र २०७९, मंगलवार

यी हुन् युवतीलाई ‘टच’ गर्न मरिहत्ते गर्नेहरु, प्रहरीले समातेपछि खुल्यो पोल

२०७४,भाद्र,२६,सोमवार ०१:२८

0
Shares

काठमाडौँ, २६ भदौ काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा सबैभन्दा बढी किशोरीमाथि यौनजन्य दुव्र्यहार हुने गरेको पाइएको छ । यस्तो घटना बिहानभन्दा साँझको समयमा बढी हुने गरेको छ ।बस, मिनीबस, माइक्रोबस र टेम्पोमा सवार महिलामाथि हुने यौनजन्य दुव्र्यवहार र हिंसा नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गतेदेखि ‘सेफ्टी–पिन’ अभियान सञ्चालन गरेको थियो, गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।उक्त अभियान सञ्चालन भएको एक महिना अवधिमा ७० जना पक्राउ परेका छन् । यौनजन्य दुव्र्यवहारमा संलग्न ३७, अश्लील क्रियाकलाप देखाउने १०, अपशब्द प्रयोग गरी गालीगलौज गर्ने १०, पकेटमार आठ र अन्य पाँच पक्राउ परेका छन् ।महानगरीय प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी यौनजन्य दुव्र्यवहार नेपाल यातायातका बसमा हुने गरेको पाइएको छ । प्रहरी निरीक्षक शर्मिला गुरुङले सो सम्बन्धमा नेपाल यातायात बस व्यवसायी, चालक र सहचालकसँग छलफल गरिएको जानकारी दिइन् ।सवारी साधनमा महिलामाथि यौनजन्य दुव्र्यवहार गर्ने पुरुषको उमेर १५ देखि २५ वर्षसम्म रहेको पाइएको छ । त्यस्तो गर्नेहरूमा केही पाका उमेरका व्यक्ति भेटिए पनि अधिकांश युवक छन् । उनीहरूको शैक्षिक योग्यता पनि कक्षा १० भन्दा कम हुने गरेको प्रहरीको निचोड छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०१:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०