१२ जेष्ठ २०७९, बिहीवार

समानुपातिक स्थान बाँडफाँटमा राजपामा विबाद, बैठक नै भाडियो

२०७४,पुष,१०,सोमवार १५:२२

9
Shares

काठमाडौँ, १० पुस – राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ । समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त विवाद किनारा लगाउन आज अपराह्न १ बजेका लागि बैठक बोलाएको भए पनि नेताहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो राजपाका महासचिव केशव झाले बैठक मंगलबार पुनः बसी समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिँदैे समानुपातिक स्थान बाँडफाँटमा दलभित्र सामान्य विवाद रहेको स्वीकारे केही नेताहरू काठमाडौँ उपत्यका बाहिर रहेको र प्रतिकूल मौसमका कारण विमान उड्न नसकेका कारण पनि राजधानी आउन समस्या भएको बुझिएको छ राजपाले प्रदेशसभा समानुपातिकमा १२ स्थान जितेको छ । सोअनुरुप प्रदेश नं २ मा १० तथा प्रदेश नं ५ र ७ मा एक एक स्थान पाएको छ । राजपाले प्रतिनिधिसभातर्फ प्रदेश नं. २ मा १० र प्रदेश नं ७ मा एक गरी ११ स्थान जितेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार १५:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२