२१ माघ २०७९, शनिवार

कस्तो छ डा. देवकोटाको स्वास्थ्य ?

२०७४,पुष,१०,सोमवार १५:१५

9
Shares

काठमाडौँ, १० पुस- राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन् पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई आज अपराह्न टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए डा देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी हुन् नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्वमन्त्री डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार १५:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

काठमाडौं । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको

पाल्पा । पाल्पामा सवारी दुर्घटनामा परी आमा र छोराको ज्यान गएको छ । शनिबार बिहान पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै

ताजा समाचार