गाउँपालिकाको केन्द्र विवाद कायमै

डोटी, १० पुस – गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन् यसअघि जिल्लामा बसेको पुनरसंरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौँ तोके पनि गाउँपालिकाका पदाधिकारीले निर्णय उल्ट्याएकाले स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएको नेकपा (माओवादी केन्द्र)का नेता तेज डुम्रेलले बताए सर्वदलीय बैठकले सिफारिस गरेकै ठाउँ सबैलाई पायक पर्ने भएकाले गाउँपालिकाको निर्णय बदर गर्नुपर्ने माग राख्दै स्थानीयवासीले गाउँपालिका–६ मेल्लेकमा पर्ने ग्रामीण सडक शुक्रबारदेखि बन्द गरेका छन् यसअघि जिल्लास्तरीय सर्वदलीय बैठकले गाँउपालिकाको केन्द्र वडा नं ५ देवरमाडाँै तोकेको थियो तर गाउँपालिकाले सर्वदलीय बैठकको निर्णय उल्ट्याउँदै यही पुस ७ गते गाउँपालिकाका पदाधिकारीको बैठक राखेर सो केन्द्र वडा नंं ५ कै दुधुलेगडा भन्ने ठाउँमा तोक्ने निर्णय गरेपछि सो ठाउँका बासिन्दा आन्दोलित बनेका हुन् गाउँपालिका अध्यक्ष डुम्रेलले गाउँपालिकाको कार्यालय राख्ने विषयमा दुई पक्षबीच विवाद भई सबैले आआफ्नो पायक पर्ने ठाउँमा कार्यालय राख्न दबाब दिइरहेकाले समस्या उत्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?