चुनाव हारको आक्रोशमा कांग्रेका दुई गुटबीच कुटाकुट

स्याङ्जा, १० पुस – नेपाली कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको छ । कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा दुई पक्षबीच कुटाकुट भएको हो कुटपिटबाट भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । कुटिनेहरुमा रामचन्द्र पौडेल पक्षीय हुन् । देउवा पक्ष एकाएक आक्रामण हुन पुगेपछि घटना घट्न पुगेको हो कांग्रेसको पकड क्षेत्र भनेर चिनिने स्याङजामा चुनावी नतिजा विपक्षमा आएपछि एक अर्का नेता कार्यकर्तालाई आरोप प्रत्यारोप लगाउँदै हात हालाहाल भएको घाइते भएको बताइएको छ घाइतेमध्ये अर्याल र ढकाललाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?