अभिनेत्री दिशा पटानी चर्चामा, गरिन वेडिङ फोटोसुट

एजेन्सी । बलिउड अभिनेत्री दिशा पटानी बलिउड चलचित्र क्षेत्रमा प्रवेश गरेको खासै धेरै समय वितेको छैन् । तर, उनको फ्यानहरु दिनप्रतिदिन बढिरहेको छ त्यस्तै, बलिउड क्षेत्रमा प्रवेश गरेपछि उनले अहिलेसँम्म दुई फिल्ममा काम गरे पनि राम्रा फिल्मको अफर आइरहेको छ अभिनेत्री दिशा पटानीले अभिनेता सुशान्त राजपुत फिल्म ‘एमएस धानी’बाट फिल्म करियर सुरु गरेकी हुन् । त्यसपछि दिशाले हलिउड सुपरस्टार ज्याकी चेनको फिल्म ‘कुङ्फु योगा’मा काम गरेकि थिइन् उनलाई धेरै फिल्मको अफरहरु आइरहेको छ । त्यस्तै, अभिनेता टाइगर श्रफको फिल्म ‘बागी २’ मा दिशालाई देख्न सकिन्छ ।त्यस्तै, अबको चर्चामा अभिनेत्री दिशा पटानीको वेडिङ फोटोसुट रहेको छ । अहिले दिशा पटानीको वेडिङ फोटोसुटका केहि तस्विरहरु सोसल मिडियाहरुमा निकै चर्चा भईरहेको छ । त्यसोत, के दिशा पटानीले गुपचुप बिहे गरेकी हुन् त ?दिशा पटानीको यस्तो फोटोशुट मुम्बई बेष्ट ब्राइडल कम्पीले गराएको हो । यो फोटोसुट सिर्फ स्टाइलिङ र बाँकीलाई सेवा दिनको लागि मात्रै गराईको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?