१३ चैत्र २०७९, सोमवार

स्थानीय तह शासन विधेयक समितिबाट पारित, जनप्रतिनिधिलाई सहज

२०७४,भाद्र,२६,सोमवार ०१:१७

0
Shares

काठमाडौँ, २६ भदौ – पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम सुरु गरेको तीन महिनापछि स्थानीय शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को विकास समितिले पारित गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आउनुपहिले नै विधेयक पारित गर्नुपर्ने भए पनि सरकारले गत जेठमा मात्र विधेयक संसद्मा दर्ता गरेको थियो । विकास समितिले आइतबार विधेयक पारित गरेको हो ।समितिले पारित गरेको विधेयक संसद्को असोज ३ गतेको बैठकमा पेस हुनेछ । समितिमा स्थानीय तह महासङ्घ राख्ने वा नराख्ने विषयबाहेक विधेयकका अन्य व्यवस्था र संशोधनमा सहमति जुटेको थियो । महासङ्घ गठनबारे भने मतदान भएको थियो । समितिबाट पारित विधेयकको प्रतिवेदनसहित अब संसद्मा पुनः सैद्धान्तिक र आनुसाङ्गिक छलफल हुनेछ । उक्त छलफलपछि विधेयक संसद्बाट पारित हुनेछ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६