२१ माघ २०७९, शनिवार

रक्सीको नशामा महिलामाथि यसकारण दुव्र्यवहार गर्छन पुरुषले

२०७४,पुष,१०,सोमवार १०:०१

0
Shares

वासिंगटन, १० पुस । एकातर्फ महिला र पुरुषबीच समानताको विषयलाई लिएर जनचेतना फैलाउने अभियान चलिरहेको छ भने अर्कोतर्फ अमेरिकाको एक विश्वविद्यालयले आश्चर्यजनक तथ्य खुलासा गरेको छ । विश्वविद्यालयले गरेको अध्ययनमा नशाको सुरमा पुरुषहरुले महिलालाई वस्तुको रुपमा हेर्ने प्रवृत्ति बढी हुने गरेको पाइएको छ । त्यो भन्दा पनि अचम्मको कुरा त जसलाई आकर्षक र फ्रेन्डली मानिन्न ती महिलासँग यस्तो हुने गरेको पाइएको छ । यो अध्ययन अमेरिकाको नेब्रास्का–लिंकोइन विश्वविद्यालयमा गरिएको हो । अनुसन्धानकर्ताले वास्तविक परिस्थितिको जाँचका लागि केही परिस्थिति तथा कारकको अध्ययन गरेको थियो, जसमा पुरुषले महिलालाई वस्तुको रुपमा हेर्ने गरेको पाइएको छ । ४९ पुरुषमा अध्ययन यो अध्ययनको प्रकाशन ‘सेक्स रोल्स’ जर्नलमा प्रकाशित गरिएको हो । अध्ययनमा २० देखि ३० वर्षसम्मका ४९ जना पुरुषलाई सामेल गरिएको थियो । तिमध्ये २९ जनालाई रक्सी खुवाइएको थियो र उनीहरु हल्का नशामा आएका थिए । बाँकी २० जनालाई साधारण पेय दिइएको थियो । सबैलाई ८० युवतीको तस्बिर देखाइएको थियो र उनीहरुको व्यक्तित्वको बारेमा सोधिएको थियो । आई–ट्रयकिङ प्रविधि आई–ट्रयकिङ प्रविधिका माध्यमबाट पुरुषले महिलाको तस्बिरको कुन अंगलाई हेरिरहेका छन् भनेर जाँच गरिएको थियो । अध्ययनमा यस्तो तथ्य बाहिर आयो कि नशामा भएको व्यक्तिले कुनै महिलालाई वस्तुको रुपमा हेर्छ । यसमा महिला कति आकर्षक या हट देखिएको छ भन्ने बारेमा हेरिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार १०:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

काठमाडौं । श्रीलङ्काले आफ्नो ७५ औँ स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

ताजा समाचार