१० जेष्ठ २०७९, मंगलवार

जिल्ला अस्पतालबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएनन्

२०७४,पुष,१०,सोमवार ०८:५९

0
Shares

कपिलवस्तु, १० पुस । सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार यहाँका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् । 

जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् । जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका वडा नं २ का रामप्रसाद लम्सालले बताए । अस्पतालमा आउने बिरामी त स्वास्थ्य सेवा प्रभावकारी भएन भनेर आक्रोशित छँदैछन् । तर अस्पतालमा कार्यरत कर्मचारी पनि स्वास्थ्य उपचारका लागि आवश्यक उपकरणको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको आकष्मिक वार्डका कर्मचारी शैलेन्द्र गुप्ताले बताए ।

इमर्जेन्सी टिकटसमेत नहुँदा ओपिडी टिकटबाट इमर्जेन्सी वार्डमा काम चलाउँदै आएको सो वार्डका एक स्वास्थ्यकर्मीले बताए । यसैगरी एक्सरे वार्डमा सहयोगी कर्मचारी नहुँदा एक्सरे गर्न समस्या भइरहेको डार्क रुम अधिकृत भोजराज रेग्मीले बताए ।

क्षेत्र र केन्द्रबाटै औषधि नआएका कारण निःशुल्क औषधि वितरणमा केही समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । निःशुल्क औषधि वितरणका लागि स्टोरमा औषधि अभाव भएपछि आफूहरुले पटकपटक क्षेत्र र केन्द्रमा यसका लागि पहल गर्दै आएको जिल्ला अस्पतालका स्टोरकिपर विजय चौधरीले बताए ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०८:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३