एमालेसँग सरकार निर्माणबारे छलफल नभएको: यादव

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नभएको स्पष्ट पारेको छ फोरम अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एक पटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पार्नु भयो । उहाँले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएकोमा असन्तुष्टि पनि व्यक्त गर्नु भयो न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको पनि बताउनु भयो । उहाँले आफूहरुको माग अनुसार संविधान संशोधन नभई आफ्नो पार्टी सरकारमा जाने अवस्था नरहेको अडान पनि दोहो¥याउनु भयो । अध्यक्ष यादवले बाम गठबन्धनलाई बहुमत प्राप्त भएकाले सरकार गठन गरेर अघि बढन पनि सुझाव दिनु भयो अध्यक्ष यादवले ३ ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको आरोप पनि लगाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?