२६ माघ २०७९, बिहीवार

विराटनगरसँगको पराजयसँगै काठमाडौं ईपीएलबाट बाहिर

२०७४,पुष,१०,सोमवार ०८:१०

0
Shares

काठमाडौं, १० पुस । विराटनगर वारियर्ससँगको पराजयसँगै काठमाडौं किंग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ सोमबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित हात पारेको हो । विराटनगरले यो सँगै समूह चरणमा सबै खेल जितेको छ । काठमाडौंले भने १ खेलमा मात्रै जित हात पार्न सफल भयो १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेट लिए दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आशा देखाएका थिए तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् बिराटनगरका अंशुमान रथले ३ विकेट लिए भने वसन्त रेग्मी र रामनरेश गिरीले २–२ विकेट लिए यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०८:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले फागुन २ गतेदेखि नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिजको तयारी गरिरहेको छ । घरेलु

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीको टुंगो लागेको छ ।राष्ट्रिय युवा संघ नेपालको आयोजनामा

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भूकम्प पडितहरुलाई आर्थिक सहयोग गरेका छन् । मेस्सीले भूकम्पग्रस्त क्षेत्रलाई

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४
वायु प्रदूषणको जोखिममा पोखरा
 २०७९,माघ,२६,बिहीवार १४:०१