२ जेष्ठ २०७९, सोमवार

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

२०७४,पुष,१०,सोमवार ०७:४७

9
Shares

काठमाडौँ, १० पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताएका हुन ।

नेता सिंहले भने, “काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु ।”

पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए । उनले भने, “समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन भन्ने पुष्टि भएकाे छ ।”

काँग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उनको भनाइ थियो । उनले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने बताए ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय

झापा । झापाका दुई स्थानीय तहमा मतगणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना

तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले

जुम्ला । जिल्लाको कन्कासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले अध्यक्ष र उपाध्यक्षमा बाजी मारेका छन् । केहीबेर अघि सार्वजनिक नतिजा अनुसार

ताजा समाचार

डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१
बाँकेमा यस्तो छ मतगणनाको अवस्था
 २०७९,जेष्ठ,२,सोमवार १३:२५
झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०