खुमन र रमिलाको ‘तल परिन्न’ ले धमाका मच्चाउँदै

काठमाडौं, १० पुस । लोक गायिका रमिला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम ‘तल परिन्न’ सार्वजनिक भएको छ आफ्नो काम गरेर तल परिन्न भन्ने बोलको गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् गीतमा छोरा र छोरीले गर्ने काम भनी कामको वर्गिकरण भन्दा सक्ने काम सवैले गनर्’पर्छ भन्ने चेतनामुलक सन्देश दिन खोजिएको छ समाजको पुरानो मानसिकतामा परिवर्तको आवश्यकता भएको भन्दै गायिका न्यौपानेले आफैले सकेको काम महिला वा पुषको भन्दै छाड्न नहुने बताइन् । आफ्नो काम गरेर सानो नहुँने भन्दै उनले बरालिएर बस्नु भन्दा महिला र पुषको सहकार्यबाट काम गर्दा राम्रो हुने बताइन् आफ्नो कामलाई घृणा गर्ने आफै पछि पर्छन् भन्दै गीतमा भनिएको छ, राम्रो सोचाइ हुनेहरुले राम्रो काम गर्छन् । काम गरेर खाने मान्छे कहिले पनि भोकै मर्नु पदैन् उनले भनिन ‘मनोरञ्जनसँगै सन्देश मुलक गीत हो, यसले समाजमा केहि सन्देश पनि दिन्छ खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रा ली बाट बजारमा आएको छ भने चर्चित निर्देशक प्रकाश भट्टले उक्त भिडियोमा निर्देशन गरेका छन् राजेश घिमिरेको छायांकबनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोमा खुमन र रमिलाले आफैले अभिनय गरेका छन् । रमिलाले यसअघि आज भेट्न आउँदिन है सानु, पंखा चलाइदेउ लगायका चर्चित गीत बजारमा आइसकेका छन् https://youtu.be/GPuoFC0iM88

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?