यस्तो देखियो बलिउड स्टारहरुको क्रिसमस, सलमान र कट्रिनाले सँगै मनाए

एजेन्सी । बलिउडका सम्पूर्ण स्टारहरुले पनि क्रिसमस सेलिब्रेसन गरिरहेका छन् । क्रिसमस मनाउनकै लागि बलिउडका कलाकारहरुले केहि दिन पहिले देखिनै तयारी गरेका थिए । त्यसोत, बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफले लामो समयपछि एकसाथ क्रिसमस मनाएका छन् यो जोडीको लामो समयको ग्याप पछिको फिल्म ‘टाइगर जिन्दा है’को सक्सेस मनाउँदै सलमान र कट्रिना पनि क्रिसमसको रंगमा देखिएका छन् त्यस्तै, युवाहरुको रोजाईमा पर्न सफल अभिनेता बरुण धवनको लागि पनि २०१७ साल निकै रमाइलो भयो । बरुणले त्यस खुशि बच्चाहरुसँग साटेका छन् । बरुणले आफ्नो इन्टाग्राम अकाउन्टमा बच्चाहरुसँगको तस्विर सेयर गरेका छन् । यसै अवसरमा बरुणले बच्चाहरुलाई चकलेटपनि वितरण गरेका छन् त्यस्तै, अर्का हट अभिनेता आलिया भट्ट र कट्रिना कैफको साथित्व पनि गहिरो नै छ । उनिहरुले पनि एकसाथ क्रिसमस सेलिब्रेट गरेर मनाएका छन् त्यस्तै अर्का सेलिब्रेटी श्वेता बच्चन नंदाले आफ्नो पूरै परिवारको साथमा क्रिसमस मनाएका छन् । उनको सबै परिवारको सदस्याहरु राता ड्रेसको आउटफिटमा देखिए त्यस्तै प्रिटी जिन्टाले आफ्नो इन्टाग्राममा भिडियो अपलोड गर्दै सबैलाई ह्याप्पी क्रिसमसको शुभकामना दिँदै मनाएकी छन् यता बबी देओलले पनि आफ्नो इन्टाग्राममा भिडियो अपलोड गर्दै यो वर्षको क्रिसमस मनाएका छन् अमृता आरोडाले पनि इन्टाग्राममा आफ्नो पूरै परिवारसँग क्रिसमस मनाउँदै गरेको फोटो देखिएको छ । क्रिसमसमा उनीहरु सबैजना पूरै रातो ड्रेसमा सजिएर यो वर्षको क्रिसमस मनाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?