मातृ मृत्युदरमा कमी

रामपुर, पाल्पा, १० पुस- पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३/७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२/७३ मा छजना तथा आव २०७१/७२ मा तीनजना रहेको कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभाष, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै गाउँ गाउँमा सञ्चालनमा रहेका २० वटा स्वास्थ्य चौकीबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन भइरहेकाले पनि पछिल्लो समय पाल्पामा मातृ मृत्युदर एकदमै न्यून रहेको ज्ञवालीको भनाइ छ सरकारले २०६८ देखि शुरु गरेको आमा सुरक्षा कार्यक्रममार्फत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराएको रु ४०० रकम प्रदान गर्न थालेपछि महिला स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेपछि मातृ मृत्युदरमा कमी आएको हो । महिलामा चेतनाको स्तर वृद्धि हुनु, महिला साक्षर बन्दै जानु, गाउँ गाउँमा स्वास्थ्य संस्था स्थापना हुनुजस्ता कारणले पनि मातृ मृत्युदरमा कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?