छोरी कवितालाई चलचित्र क्षेत्रमा प्रवेश गराउने तयारीमा करिश्मा

काठमाडौं, १० पुस । नेपाली चलचित्र क्षेत्रको सदावहार सुन्दीरको रुपमा चिनिने नायिका करिश्मा मानन्धरले आफ्नी छोरी कवितालाई अभिनय क्षेत्रमा ल्याउने तयारीका लागेकि छिन् नायिका करिश्मा मानन्धर तथा विनोद मानन्धरकी एक माज्ञ सन्तानको रुपमा रहेकी छोरी कविता मजो हाल अमेरिकामा अध्ययन गरिरहेकी छिन् । कविताको जन्मदिनका अवसरमा आमा करिश्माले छोरीलाई हिरोइन बनाउन आफू तयार रहेको बताइन् । करिश्माले भनिन्, ‘विनोद र म कवितालाई हिरोइन बनाउन तयार छौं । तर हिरोइन बन्न सोचे जस्तो सजिलो छैन । त्यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुन आवश्यक छ ।’ कविता पनि यस चलचित्र क्षेत्रमा प्रवेश गर्न तम्तयार छिन् कविता भन्छिन्, ‘मलाई चलचित्र क्षेत्रमा अभिनय गर्न मन छ । तर, मैले जे देखेँ अनि जे हेरेँ त्यो चलचित्रमा काम गर्नका लागि प्रयाप्त छैन । त्यसका लागि म मानसिक र शारीरिक रुपमा तयार हुनुपर्छ । हेरौँ भविष्यमा के हुन्छ ।’छोरी कवितालाई चलचित्र क्षेत्रमा ल्याउनकै लागि भनेर बिनोद अहिले कविताका लागि स्क्रिप्ट तयार गर्नेमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?