स्थानीय निकायको काम सदरमुकामबाटै

जाजरकोट, १० पुस – यहाँका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ ।सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको गुनासो छ गाउँमा कुनै सेवा सुविधा नभएका कारण यहाँका स्थानीय सरकारहरु सदरमुकामबाटै चल्दै आएका हुन् । बैंक, विद्युत्, सञ्चारलगायतका सेवा, सुविधा नभएको भन्दै सदरमुकाममा नै स्थानीय सरकार चलाउनुपरेको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएको वारेकोट गाउँपालिका–९ का रामबहादुर महतराले गुनासो गर्दै भने, “ सबै कामका लागि हजारौँ रकम खर्चेर सदरमुकाम नै आउनुपर्छ के नयाँ व्यवस्था आयो भन्नु ?” त्यस्तै जुनिचाँदे गाउँपालिकाका सबै काम सदरमुकाममा हुँदै आएका छन् त्यहाँका स्थानीयवासी सामान्य कामका लागि पनि सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, कुशेगाउँपालिकाका सबै काम सदरमुकामबाटै हुँदै आएका छन् स्थानीयस्तरमै सबै काम हुने भनिए पनि अहिलेसम्म ९० प्रतिशत काम सदरमुकाममै हुँदै आएका छन् । वडा कार्यालयसमेत स्थापना हुन नसक्दा सबै काम एकै ठाउँबाट हुँदै आएको छ । कर्मचारीको अभावले गर्दा समस्या भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?