स्वतन्त्रताको पक्षपातीले चुनाव जितेपछि स्पेनी राजाले गरे यस्तो अपिल

मड्रिड, १० पुस । स्पेनी राजा फिलिपे छैटौंले क्याटलोनियाका जनतालाई सहअस्तित्व स्वीकार गर्न आग्रह गरेका छन् क्रिसमस डेका अवसरमा सम्बोधन गर्दै राजा फिलिपेले झडप नभई मेलमिलाप र सहअस्तित्वमा जोड दिएका हुन् गत अक्टोबरमा क्याटलोनियाले स्पेटबाट अलग हुने घोषणा गरेपछि पनि राजा फिलेपे छैटौंले टेलिभिजन सम्बोधन गरेका थिए । उनको सम्बोधनको क्याटलनहरुले विरोध गरेका थिए त्यसबेला उनले जनमत संग्रह गराएका स्वतन्त्रता अभियानका नेताहरुको आलोचना गरेपनि त्यसविरुद्ध बल प्रयोग गरेका स्पेनी प्रहरीका बारेमा केही बोलेका थिएनन् क्याटालोनियामा भएको मध्यावधि चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेको कार्लेस पुज्डमोन्टसहितको गठबन्धनले बहुमत हासिल गरेको छ गत अक्टोबरमा भएको जनमत संग्रहमा स्पेनबाट अलग हुने पक्षमा मत आएर स्वतन्त्रताको घोषणा गरेपछि केन्द्र सरकारले हस्तक्षेप गर्दै मध्यावधि चुनाव घोषणा गरेको थियो यो चुनावमा पनि स्वतन्त्रताको पक्षमा रहेका पार्टीको गठबन्धनले बहुमत सिटी जितेपछि स्पेन सरकारलाई झड्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?