१० जेष्ठ २०७९, मंगलवार

अलैँचीको मूल्य अब एसएमएसबाटै, यसरी थाहा पाउन सकिन्छ प्रचलित मूल्य

२०७४,पुष,१०,सोमवार ०५:०५

0
Shares

इलाम, १० पुस । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई ifa ach btm लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र षब बअज लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताउनुभयो किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ तथापि अलैँची व्यवसायी महासंघले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानको भनाइ रहेको छ । बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन

काठमाडौं । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३