ट्युनिसियामा युएईका विमान अवतरमा रोक

ट्युनिस, १० पुस । ट्युनिसिया सरकारले संयुक्त अरब इमिरेड्स (युएई) को इमिरेड्स एयरलाइन्सका विमानलाई राजधानी ट्युनिसमा अवतरण गर्नका लागि रोक लगाएको छ केही ट्युनिसियाली महिलालाई विमानमा यात्रा गर्न नदिएपछि सरकारले यो कदम चालेको बताइएको छ । सो विषयलाई लिएर ट्युनिशियाका केही संगठनहरुले विरोध गरिरहेका थिए भने इमिरेड्स एयरलाइन्सको यो कदमलाई लिएर मानिसहरु रुष्ट बनेका थिए ट्युनिसियाको यातायात मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘जबसम्म इमिरेड्सले अन्तर्राष्ट्रिय सम्झौता र कानुनलाई ध्यानमा राखेर विमान सेवा प्रदान गर्दैन तबसम्म यो प्रतिबन्ध जारी रहन्छ ।’एयरलाइन्सले भने सुरक्षाका कारण आफूले यस्तो गरेको दाबी गर्दै आएको छ । संयुक्त अरब इमिरेड्सका विदेशमन्त्री अनवर गार्गसले ट्विटरमा लेखेका छन्, ‘मैले आफ्ना ट्युनिसियाली सहकर्मींसँग विशिष्ट प्रक्रियाका लागि जरुरी सुरक्षा जानकारीका बारेमा कुराकानी गरे । हामी ट्युनिशियाली महिलालाई सम्मान गर्छौ ।’यसअघि ट्युनिसियाली सरकारले युएईले ट्युनिसियाली महिलालाई विमानमा यात्रा गर्न र आफ्नो सीमा क्षेत्रहुँदै हिड्नका लागि प्रतिबन्ध लगाएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?