यसपटक म जनताको चयनमा परिन : श्रेष्ठ

गोरखा, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यसपटकको निर्वाचनबाट सामाजिक र आर्थिक रुपान्तरणमा लैजाने आधार मिलेको बताएका छन् निर्वाचनको समीक्षाका लागि गोरखा पुगेका नेता श्रेष्ठले आफूले पराजय बेहोरेपनि देशैभर वामपन्थीको शानदार विजयी भएको भन्दै यसबाट देशलाई नयाँ ढंगले अघि बढाउन सहयोग पुग्ने धाराणा राखे आफू पराजित भएको सन्दर्भमा उनल भने, ‘यसपटक म जनताको चयनमा परिन, तर देशैभर वामपन्थीहरुको जित भएको छ, यो खुसीको कुरा हो ।’गोरखा–१ बाट बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठले आफूलाई मत हाल्ने सबै मतदाताहरुलाई धन्यवाद दिए पार्टीबाट असहयोग भएको भन्ने कुरा हल्ला मात्रै भएको बताउँदै उनले सबैले सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?