११ जेष्ठ २०७९, बुधबार

महेन्द्रनगर नगर विकास समितिको जग्गाको छानबिन गर्न समिति गठन

२०७४,पुष,१०,सोमवार ०४:१७

0
Shares

कञ्चनपुर, १० पुस । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनगर नगर विकास समितिका सदस्य देवराज मिश्र, नापी र मालपोत कार्यालयका प्रतिनिधि सदस्य छन् सहरी विकास तथा भवन निर्माण विभाग धनगढीका इञ्जिनियर समितिमा सदस्य सचिव छन् । समितिका सदस्य काँग्रेसका कठायतले यसअघि समितिको अवैध जग्गा कब्जा प्रकरणमा असन्तुष्टि जनाउँदै नगर विकास समितिको सदस्यबाट राजीनामा दिएका थिए समितिका उपसंयोजक महराले नगर विकास ऐनविपरीत कब्जा गरिएको जग्गा र त्यसमा निर्माणाधीन सबै संरचनाको छानबिन गरिने जानकारी दिए । “कानून मिचेर के–कस्ता कार्य भएका छन्, त्यसको छानबिन गर्छौं”– उनले भने समितिलाई छानबिनका लागि एक महिनाको समय सीमा दिइएको छ । तोकिएको समयमा छानबिन पूरा गर्न समितिले कार्य अघि बढाएको संयोजक महराले बताए नगर विकास समितिका केही अध्यक्षसँग सम्झौता गरिएको कागज देखाउँदै समितिको जग्गा कब्जा गरी भौतिक संरचना निर्माण गरिएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर सबैभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०४:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका

रसुवा । रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।

ताजा समाचार