आज क्रिसमस डे मनाइँदै

काठमाडौं, १० पुस । आज पुस १० गते अर्थात् इसाई धर्मावलम्बीहरुको महान् चार्ड मेरी क्रिसमस नेपालमा पनि इसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउँदै आएका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरि मनाइँदै छ जेरुसेलमको बेथलेहमा दुई हजार १६ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घका महासचिव सिबी गहतराजले जानकारी दिए ‘हाल नेपालमा आठ हजार पाँच सय चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिकस्थलमा पनि मनाइन्छ’ गहतराजले भने । क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ तर्थात् पुस १० गतेका दिन सार्वजनिक बिदा दिन थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?