कहाँ पुग्यो एमाले–माओवादी एकता ?

काठमाडौँ, १० पुस – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकीकरण गर्नेगरी छ बुँदे सहमतिमार्फत चुनावमा होमिएका दुई कम्युनिस्ट नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)को एकीकरणमा ढिलाइ भएपछि राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी सुरु भएको छ गोरखापत्र लेख्छ- एमाले र माओवादीबीच असोज १७ गते भएको सहमतिको पहिलो बुँदामा पार्टी एकीकरणको गृहकार्यका लागि एमालेबाट चार जना र माओवादी केन्द्रतर्फबाट तीन जना पदाधिकारी रहनेगरी पार्टी एकता संयोजन समिति समेत गठन गरिएको थियो । समितिको संयोजन दुवै दलका अध्यक्षले गर्ने सहमति छ निर्वाचनलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु हुने दुवै दलका नेताले बताउने गरे पनि निर्वाचन सम्पन्न भएको दुई साता बढी समय भइसक्दासमेत संयोजन समितिको औपचारिक बैठक समेत बस्न सकेको छैन । बैठक बस्न नसकेपछि पार्टी एकताप्रक्रिया नै धरापमा पर्ने आशङ्का कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमै देखिएको छ । तर एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुई दलका नेताबीच औपचारिक बैठक बस्न नसके पनि आन्तरिक रूपमा अनौपचारिक छलफल र संवाद जारी रहेको दाबी गरे निर्वाचनपछि चुनावी क्षेत्रका मतदातालाई दिनुपर्ने धन्यवाद र भेटघाटका कारण धेरै समय त्यसमा लागेकाले शीर्ष तहका दुई नेताबीचको समय अभावले बैठक बस्न नसकेको दुवै दलका नेताको प्रस्टीकरण छ । दुवै दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक व्यस्तताकै कारण औपचारिक बैठक बस्न नसकेको हो, तर अनौपचारिक संवाद निरन्तर भइरहको छ, उनले भने नेता नेम्वाङले दुई नेताबीच निरन्तर टेलिफोन संवाद र सम्पर्क भइरहेकाले पार्टी एकताका विषयमा कुनै आशङ्का व्यक्त गर्नु उपयुक्त नरहेको बताए यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार शनिबार भैरहवाको कार्यक्रम र आइतबार र सोमबार चित्तवनको कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त रहनुपर्ने भएकाले मङ्गलबार मात्र एकता संयोजन समितिको बैठक बस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?