राजधानीबाट दुई कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ, ९ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई रु ३२ हजार घुससहित आज पक्राउ गरेको छ आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?