२१ माघ २०७९, शनिवार

राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता: महरा

२०७४,पुष,९,आईतवार १०:५६

0
Shares

दाङ, ९ पुस – नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताएका छन ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान कार्यक्रममा उनले सकारात्मक सोचबाट गरिएको सानै कामले पनि समुन्नत समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन मद्दत पु¥याउने विचार व्यक्त गरे प्रतिनिधिसभाका उम्मेदवार रहेका बखत सबैबाट आशीर्वाद र सहयोग प्राप्त भई आफूले विजय हासिल गर्न सकेको बताउँदै उनले भने, “विश्वस्तरमा आफ्नो पहिचान बनाउन सफल ब्रह्मकुमारी संस्थाले समाज रुपान्तरणका लागि समाजका हरेक क्षेत्र, वर्ग, पेशा व्यवसायका मानिसलाई निःस्वार्थ रुपले सेवा गरिरहेको हुँदा संस्थाको विकासमा आफू सदैव लागिरहने छु ।”राजयोगिनी ब्रह्मकुमारी गीता दिदीले आहार, विचार र चरित्रमा सुधारको आवश्यकता बोध नगर्दा समाज विखण्डन र दूषित मानसिकताबाट शिकार भइरहेको बताइन ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार