सबै म्यादीप्रहरीको खातामा रकमगइसक्यो, कालिकोट घटनाका विषयमा अनुसन्धान गछौँ प्रहरी प्रवक्ता न्यौपाने

काठमाण्डौ, ९ पुस । नेपाल प्रहरीले चुनावका बेला खटाइएका म्यादी प्रहरीलाई तोकिएको सबै सेवा सुविधा दिएर विदाई गरेको दाबी गरेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनाव सकिएपछि सम्मानकासाथ प्रमाणपत्रसमेत दिएर म्यादी प्रहरीलाई विदाई गरिएको बताए आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले कालिकोटमा प्रहरीको गोलीलागेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । सेवा सुविधानपाएकै कारणले म्यादीप्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको दाबी गरे साक्षात्कारमा बोल्दै कालिकोटमा खटाइएका म्यादी प्रहरीलाई धन्यवादसहित प्रमाणपत्र वितरण गरेर विदाई गरिएको न्यौपानेले बताए । विदाई कार्यक्रम सकिएपछि ढुङ्गामुढा सुरु भएको बताउँदै न्यौपानेले त्यसपछिको घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानकालागि समिति बनाएको जानकारी दिए म्यादी प्रहरीलाई बैँक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैँकमार्फत दिइएको बताउँदै न्यौपानेले अहिलेसम्म सबै म्यादीप्रहरीको बैँक खातामा रकम गइसकेको बताए । प्रहरीले म्यादीलाई पैसा दिएन वा थोरै पैसा दियो भन्ने सुनिएपनि ति सबै झटो भएको उनको दाबी थियो जिल्ला र भौगोलिक अवस्थाकाआधारमा भत्ता रकम फरक फरक हुने भएकाले यस विषयमा अन्यौलमा नरहन सबैलाई न्यौपानेले आग्रह गरे । म्यादीप्रहरी भर्ना गर्नु अघि नै तलब र भत्ताका विषयमा जानकारी दिइएको उनको भनाई थियो चुनावी सुरक्षाकालागि ९८ हजार २ सय ६८ म्यादीप्रहरी प्रयोग गरिएको जानकारी दिदै न्यौपानेले प्रहरी जवान सरह तलब दिइएको बताए । ५५ दिनकालागि तलब, रासनभत्ता, खाजाखर्च, कपडा खर्च लगायतका शीर्षकमा दिने भनिएको सबै रकम खातामा पठाइसकिएको न्यौपानेले बताए महिला म्यादी प्रहरीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्ने बारेमापनि अनुसन्धान भइरहेको उनले बताए । संचार माध्यमबाट घटना सार्वजनिक भएको थाहापाउनासाथ अनुसन्धान भइरहेको उनको भनाई थियो अन्यकुनै पनि घटनाका बारेमा अहिलेसम्म उजुरी नपरेको न्यौपानले बताए फरक प्रसङ्गमा प्रवक्ता न्यौपानेले नेपाल प्रहरीले पूर्व डिआइजी तथा एमालेका सासंद नवराज सिलवालका विषयमा अनुसन्धान भइरहेको बताए साक्षात्कार कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता मनोज न्यौपानेले अनुसन्धान भइरहेको जानकारी दिदै अहिले केही पनि भन्न नमिल्ने बताए । न्यौपानेले भने, “नवराज सिलवालबारे अनुसन्धान भइरहेको छ । म अपडेट छैन । अपडेट भएर जवाफदिन्छु । अहिले केही भन्दिन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?