टेवा कृषि संस्था लिमिटेडको आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन

भक्तपुर, ९ पुस । टेवा कृषि संस्था लिमिटेड कटुञ्जेको पाँचौँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि गणेशमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ कार्यसमितिका उपाध्यक्षमा पुरुषोत्तम ढुंगेल, सचिवमा जगतकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा शम्भु पन्त तथा सदस्यमा विन्दु रेग्मी, सुनीलराज पाण्डे र तेजप्रसाद चौधरी निर्विरोध निर्वाचित भएका छन् । सो संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा गंगाप्रसाद ख्याजु, सचिवमा निर्मला श्रेष्ठ र सदस्यमा मोहनकृष्ण श्रेष्ठ चयन भएका हुन् जिल्ला कृषि सहकारी संघका अध्यक्ष उत्तम सापकोटाले यो संस्था सहकारीमैत्री हुनुका साथै सहकारी ऐनको भावना अनुकूल सञ्चालन भएको बताए । जिल्ला सहकारी संघका सञ्चालक सावित्री धौभडेल, जिल्ला डिभिजन सहकारी कार्यालयका कृष्णबहादुर खड्का, युवा स्वरोजगार कोषका चण्डीराज नेपाल, जिल्ला कृषि कार्यालयका भानुप्रसाद ढुंगेलले शहकारीका विविध विषयमा चर्चा गरे उक्त संस्थाले विगत पाँच वर्षदेखि कटुञ्जे–२ मा आफ्नै कृषि फार्म सञ्चालन गरी अर्गानिक कृषि उपज उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?