यस्तो खतरनाक शिकारी सर्प, जसले १ पटक आँखा झिम्काउदा चार पटक टोक्छ

आज हामी अमेरिकालाई संसारको एकमात्रै सुपरपावर राष्ट्रका रुपमा चिन्ने गर्छौ भने कसैले रसियालाई सुपरपावरको रुपमा लिन्छन् भने चीन पनि अहिलेको उदाउँदो महाशक्ति राष्ट्र हो तर के तपाईले जनावरमध्ये कुन चाँहि सुपरपावर होला भन्ने अनुमान गर्नुभएको छ ? यदी अनुमान लगाउनुभएको छ भने पनि तपाईको उत्तर बाघ, सिंह, चितुवा आदिलाई शक्तिशाली जनावर भन्न सक्नुहुन्छ तर तपाईको यो अनुमान बिल्कुल गलत हो जवावरको दुनियामा सुपर पावर हो, सर्प । जो सबैभन्दा खतरनाक चलाख शिकारी हो । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा पाइने वेस्टर्न डायमण्डब्याक रेटलस्नेक संसारकै सबैभन्दा धैर्यवान शिकारी हो । यो एक्लै लुकेर बस्ने गर्दछ र आत्मविश्वासका साथ शिकार पर्खिरहेको हुन्छ कुनै समय यो पर्खाई दुई वर्ष लामो समयसम्म पनि हुन्छ । यसको अर्थ यो सर्प दुई वर्षसम्म केहि नखाई बस्नसक्छ । तर मौका परेको बेलामा भने यसले भयानक तरिकाले शिकारमाथि आक्रमण गर्ने गर्छ यसको शिकार समात्ने सम्भावना करिब शत प्रतिशत हुने गर्छ । यसको सबैभन्दा खतरनाक हतियार यसको शक्ति नभएर गति हो । एक अनुसन्धानको रिपोर्टअनुसार आफ्नो शिकारमाथि सर्पको हमलाको समय ४४ देखि ७० मिलिसेकेण्ड हुन्छ । यसबाट नै तपाई यसले कति छिटो शिकार समात्न सक्छ भन्ने अन्दाज लगाउन सक्नुहुन्छ, जबकी तपाईको आँखा झिम्काउन पनि २०० मिलिसेकेण्ड लाग्ने गर्छ । यो समयमा कुनै सर्पले आफ्नो शिकारमाथि ४ पटक आक्रमण गरिसकेको हुन्छ । यो गति हाम्रो कल्पनाभन्दा पनि बाहिरको कुरा हो । हामीले कुनैपनि अंग जति छिटो चलाउन सक्छौ त्यसको केही गुणा तिव्र गतिमा सर्पले आफ्नो शिकारमाथि आक्रमण गर्छ । यद्धि हामीले सर्पजस्तै तिव्र गति देखाएमा हामी ढल्न सक्छौं किनकी हाम्रो मस्तिष्कले यति तिव्र गतिलाई सहन सक्दैन अमेरिकाको लुसियाना विश्वविद्यालयका डेभिड पेनिङले सर्पको बारेमा धेरै अनुसन्धान गरेका छन् । उनी भन्छन्, ‘सर्पको आक्रमणमा शिकारको बाँच्ने सम्भावना करिब करिब असम्भव हुन्छ ।’ उनले महिनौसम्म अमेरिकी रेटलस्नेकको शिकार गर्ने तरिकालाई हेरेका छन् । त्यतिमात्रै होइन उनले संसारकै विषालु र विष बिहीन सर्पको बारेमा पनि अनुसन्धान गरेका छन् । उनी भन्छन् हामीलाई लाग्छ कि हामीले सर्पले जतिपटक शिकारमाथि हमला गरेपनि हामीलाई हमला नगरेजस्तो लाग्न सक्छ संसारमा सर्पका करिब साढे ३ हजार प्रजातिहरु पाइन्छन् । यसमा साना वाइपर्स देखि ठूला ठूला अजिंगर सम्म पर्छन । तर यिनीहरुमाथि यति धेरै अनुसन्धान भएको छैन । जुनमाथि अनुसन्धान गरिन्छ, उनीहरु सबैको गति आश्चर्यजनक नै हुन्छ । सर्पको यस्तो खुबी हुनुमा यसको शरीरमा धेरैभन्दा धेरै मांसपेशीहरु हुनुपनि हो एक मानिसको शरीरमा औसतमा ७ सय देखि ८ सय मांसपेशी हुन्छन् तर एउटा सानोभन्दा सानो सर्पमा पनि १० हजार देखि १५ हजार मांशपेशीहरु हुन्छन् हामीलाई अझैपनि सर्पले यसरी फुर्तीसाथ आक्रमण गर्नुकापछि यी मांसपेशीहरुबाट कसरी फाइदा उठाउँछ भन्ने बारेमा अझै अनुसन्धान भइसकेको छैन । तर केही मानिसहरुको ठम्याई यस्तो छ कि सर्पका सबै मांसपेशीहरु एक अर्कामा जोडिएका हुन्छन् । त्यसकारण जब यसले हमला गर्छ त्यसबेला एकसाथ रबर ब्याण्डको जस्तै तन्किएर फुर्तीसाथ हमला गर्नमा मद्दत गर्छन् सर्पको फुर्ती जुन अनुमानभन्दा पनि टाढा छ । यसले जुन रफ्तारमा शिकारमाथि हमला गर्छ, यसको असर खुद यसैमा पनि पर्छ । आखिर यसले कसरी यति तिब्र गतिमा आक्रमण गर्छ र शिकार गर्छ ? किनकी सर्पको जुन रफ्तार हुन्छ, यस रफ्तारमा कुनै अर्को जनावरको ज्यान जाने निश्चित हुन्छ अमेरिकी अनुसन्धानकर्ता डेभिड पेनिङ भन्छन्, ‘सर्पले ३० जी (गुरुत्वाकर्षण पावर) सम्म तिव्र गतिमा आफ्नो शिकारमाथि आक्रमण गर्छ । पृथ्वीको गुरुत्वाकर्षण शक्ति ९.८ एम/एच स्क्वायर हुन्छ । यसको मतलब यो हो कि कति तिव्र गतिमा पृथ्वीले हरेक वस्तुलाई आफ्नो गुरुत्वाकर्षण शक्तिले आफूतिर तान्छ त्यसको ३ गुणा तिव्र गतिमा सर्पले आफ्नो शिकारमाथि आक्रमण गर्छ । ८ ‘जी’ को गतिमा रहेको लडाकु विमानका पाइलटले सुन्नमा लगाउँछ । जबकी यो समयमा लडाकु विमान तिव्र गतिमा हावामा पुगिसकेको हुन्छ । यही रफ्तार १० ‘जी’ मा पुग्यो भने पाइलट नै अचेत बन्ने डर हुन्छ । तर सर्पले यसको पनि तीन गुणा तिव्र गतिमा शिकारमाथि हमला गर्न सक्छ जसरी कुनै छेपारो वा सरिसृपले आफ्नो जिब्रो चलाएर शिकार समात्छ । तर यसमा र सर्पमा तुलना गरेर हेर्ने हो भने छेपारो वा सरिसृप जनावरको मस्तिष्क नभएर जिब्रोमात्रै तिव्र रफ्तारमा हुन्छ । तर सर्पले जब हमला गर्छ त्यसबेला उसको जिब्रो र मस्तिष्कमात्रै नभएर पूरै शरीर नै रफ्तारमा हुन्छ । दिमाग एक कमजोर अंग हो । आम रुपमा कुनै अरु जवावरको मस्तिष्क यति तिव्र गति या झट्का सहन गर्न सक्दैन । जब लडाकु विमानका पाइलट तिव्र गतिमा हावामा उडिरहेको हुन्छ त्यसबेला उसको शरीरको रगत खुट्टासम्म नै तिव्र रहेको हुन्छ । यदि रगत फर्किएर दिमागमा पुगेन भने उ बेहोश हुने डर हुन्छ र दिमागमा असर पुग्न सक्छ तर सर्पले तिव्र गतिमा आक्रमण गरेको समयमा आफ्नो दिमागमा पर्ने झट्कालाई पनि सजिलै झेल्न सक्छ । वैज्ञानिकहरु भन्छन्, यस्तो उसको टाउकोको बनावटका कारण सम्भव हुन्छ । सर्पको टाउकोमा जोड दिएमा पनि उसले तिव्र गतिमा हमला गरेको समयमा झट्कालाई सहन सक्छ र यसको मस्तिष्कमा कुनै असर पर्दैन वैज्ञानिकहरुले सर्पको हड्डी र यसको शारीरिक प्रणालीले यति तिव्र गतिको झट्कालाई सहन र शिकार समात्न सहयोग गर्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेका छन् । वैज्ञानिकहरुले सर्पको अध्ययन गर्दै मानिसलाई पनि यति तिव्र गतिको झट्काबाट बचाउन सकिन्छ कि सकिदैन भन्ने विषयमा अनुसन्धान गरि उपाय खोजिरहेका छन् केही वैज्ञानिकहरुले यसै जानकारीलाई प्रयोग गरेर यस्तो गाडी बनाउने परिकल्पना गरेका छन् कि यसले तिव्र गतिको रफ्तारमा हुने दुर्घटनाबाट बचाउन सकोस र मानवीय क्षति कम गर्न सकियोस । डेभिड पेनिङ भन्छन् कि अझै उनी यो खोजिरहेका छन् कि शिकारसँग टकराबका बेला सर्पले जुन झट्का लगाउछ यसलाई ऊ आफैले चाँहि कसरी नियन्त्रणमा राख्छ । किनकी कुनै समयमा फुर्तीका साथ आक्रमणमा अघि सरेको सर्पले पछि हट्नुपर्ने समेत हुन्छ । यस अवस्थामा उसले आफू र आफ्नो गतिलाई कसरी नियन्त्रणमा राख्छ होला ? यो अनुसन्धानकै विषय हो । ताकी यसबाट मानिसले समेत फाइदा लिन सकोस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?