दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने

पोखरा, ९ पुस । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा दोस्रो चरणको कार्यक्रम गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए पहिलो चरणको कार्यक्रम अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविरमा असोज २५ गते सम्पन्न भइसकेको छ । पहिलो चरणको कार्यक्रममा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडीबुटी तथा परम्परागत होटलको नमूना एवं तस्वीरको प्रदर्शनीलगायत कार्यक्रम भएको थियो दोस्रो चरणको कार्यक्रमअन्तर्गत तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी, खुला महिला र पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगितालगायत कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए त्यस्तै अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पु¥याएका व्यवसायीलाई सम्मान, पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शनी, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र चित्र प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिने महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले बताए खेलकुद र साहित्यिक कार्यक्रमजनप्रिय बहुमुखी क्याम्पस स्ववियुले क्याम्पसको २६औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी खेलकुद र साहित्यिक कार्यक्रम गर्ने भएको छ यहाँ आज आयोजित पत्रकार सम्मेलनमा स्ववियु सभापति आशिक गुरुङले पुस १० गतेदेखि सञ्चालन हुने कार्यक्रममा फुटसल, ब्याडमिन्टन, बास्केटबल, भलिबल, केटाकेटी दौडसहित विभिन्न साहित्यिक कार्यक्रम गरिने जानकारी दिए । स्ववियु उपसभापति किसन थापाले क्याम्पसमा अध्ययनअध्यापनका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीका प्रतिभा प्रस्फुटन गराउने सोचका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताए क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसले शैक्षिक गुणस्तरीयताका साथै अतिरिक्त क्रियाकलापसमेतका माध्यमबाट विद्यार्थीको रचनात्मक एवं सिर्जनात्मक विकासलाई सधैँ प्राथमिकता दिँदै आएको बताए स्ववियु सचिव धु्रवराज अधिकारीका अनुसार चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसका विभिन्न संकायमा अध्ययनरत ९०० भन्दा बढी विद्यार्थीले प्रतियोगितामा भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?