राष्ट्रपतिविरुद्ध नेविसंघ सडकमा, अध्यादेश तत्काल पास नगरे अझ शसक्त आन्दोलन गर्ने

काठमाडौँ,९ पुस। नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाब स्वरुप सडक संघर्ष शुरु गरेको छ राजधानीमा आइतबार नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न राष्ट्रपतिलाई आह्वान गरेको हो । नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे देशलाई बन्धक बनाउन राष्टपति उद्धत रहेको आरोपनि लगाएको छ ।¥यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियद दिएकोले त्यही अनुसार काम गर्न आग्रह गरे । सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे, रत्नहरी ढुङ्गेल , डोजाङ शेर्पा , पिपिन अधिकारी, तुलसी आचार्य लयायतले संबोधन गन गरेका थिए । राष्टपतिको हस्तक्षमकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्दै जाने केन्द्रिय सदस्य शुसिल भट्टले जानकारी दिए ।राष्ट्रयसभाको निर्वाचन अहिलेको सरकारले गराउने कि नया बन्ने सरकारले बनाउने भन्ने विषयमा बाम गठबन्धन र कांग्रेसबिच विवाद रहदै आएको छ । राष्ट्रयसभाको निर्वाचनको लागी आवश्यक पर्ने अध्यादेश पास गर्नेको निम्ति एकमहिनाअघि नै सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपनि अझै पास भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?