भेनेजु्एलाद्वारा ब्राजिल र क्यानडाका राजदूतलाई देश निकाला

कराकस, ९ पुस । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाले ब्राजीलका राजदूत र क्यानडाका कार्यवाहक राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ भेनेजुएलाको शक्तिशाली संविधानसभाकी प्रमुखले क्यानडाले भेनेजुएलाको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरेको तथा ब्राजिलकै पूर्व राष्ट्रपति डिल्मा रुसेफविरुद्ध कानुन मिचेर महाभियोग लगाएको बताएकी छन् ब्राजीलले भने भेनेजुएलाको यो कदमको विरोध गर्दै यसले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको प्रशासनको अधिनायकवादी चरित्र पुष्टि भएको प्रतिक्रिया दिएको छ क्यानडाले भने सो कदमबाट नडराउने बताएको छ । केही महिनाअघि मात्रै भ्रष्टाचार र मानवअधिकार उल्लंघनलाई देखाउँदै क्यानडाले भेनेजुएलाका उच्च अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेपछि भेनेजुएलाको पनि यस्तो कदम बाहिर आाएको हो मध्य दक्षिणपन्थी नेता मिसेल टेमरले ब्राजिलकी वामपन्थी नेतृ रुसेफलाई सत्ताबाट विस्थापित गरेयता भेनेजुएला र ब्राजिलबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ रुसेफमाथिको महाभियोगलाई मडुरोले दक्षिणपन्थी ‘कू’ को संज्ञा दिएका थिए पत्रकार सम्मेलनमा संविधानसभाकी प्रमुख रोड्रिगेसले संवैधानिक प्रक्रिया पुनः कायम नगर्दासम्म ब्राजिलसँग कूटनीतिक सम्बन्ध नजोड्ने स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?