गुगल सर्चमा ६ चर्चित बलिउड कलाकार

नयाँ वर्ष २०१८ आउँदै छ । यसैक्रममा बलिउडमा सर्वाधिक खोजिने ७ कलाकारको सूचि तय गरिएको छ सपना चौधरी सपना हरियाणकी डान्सर हुन् । जीवनका उतार चढावका कारणले उनी हमेशा चर्चामा छाउने गरेकी छन् । बिग बोसको हिस्सा बनेर उनले धेरै चर्चा समेत कमाएकी थिइन् । बिगबोस बाट बाँहिरिए पछि पनि उनको चर्चामा कमी आएन । सपना छिट्टै चलचित्रमा देखिने भएकी छन् बिद्या वाक्सबिद्या भारतीय मुलकी गायिका हुन् । उनले आफ्नो गीत युट्युव मार्फत सार्वजनिक गर्ने गरेकी छन् । उनले बनाएको रिमिङ गीत धेरै मन पराइएको छ । गुगल सर्चमा यी गायिका चौथो स्थानमा छिन् दिशा पटानीअभिनेत्री दिशा पटानी आफ्नो बोल्ड तस्बिरका कारणले हमेशा चर्चामा रहने गरेकी छन् । उनको अर्काे चर्चाको बिषय अभिनेता टाइगर श्राफसँगको चलचित्र ‘बघी २’ समेत बनेको छ सुनील ग्रोवरसुनील ग्रोवर द कपिल शर्मा सोमा डाक्टर मशहुर गुलाटीको भुमिकामा देखिने ब्यक्ति हुन् । यो शोमा उनले गुत्थी र गुलाटी दुबै भुमिकाबाट दर्शक रिझाउन सफल छन् । अहिले उनले कपिल शर्मा शो बाट आफुलाई अलग राखेका छन् सन्नी लियोनीपोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नीको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । यो बर्षको उत्कृष्ट १० अभिनेत्रीको सूचिमा पनि सन्नी अटाएकी छन् । सन्नीलाई अहिले अन्तराष्ट्रिय शो म्यान भसैज वाइल्समा पनि एंकरिङको जिम्मा मिलेको छ अर्शी खानअर्शी खान अफगानिस्ता मुलकी हुन् । बिगबोसको हिस्सा बनेर उनी चर्चामा समेत रहन सफल भइन् । बिग बोसमा भएको बिवादले उनी सबैभन्दा बढि चर्चित बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?