क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई, अमेरिकामा गोली प्रहार हुदा ११ घाइते 

जकार्ता, ९ पुस । इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

विशेषगरी मुस्लिम देश तथा अन्य देशहरुमा पनि इस्लामिक अतिवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसैबीच इन्डोनेसियाको राजधानी जकार्तामा पनि यसै प्रयोजनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको अधिकारीहरुले जनाएका छन् विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनसियाका साथै अन्य देशहरुमा पनि सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर थप सुरक्षाकर्मी खटाउने र सुरक्षालाई थप चुस्त बनाउने तयारी गरिएको जनाएको छ क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी गरिरहेको आशङ्कामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको बताइएको छ । सो सहरमा नागरिकको प्रवेशका क्रममा निकै निगरानी बढाइएको छ एक हिंसात्मक इस्लामिक संगठन इस्लामिक स्टेट् (आइएस) ले यस्तो आक्रमणको योजना बनाएको भन्दै विभिन्न देशमा यस हप्ताका लागि थप र नयाँ सुरक्षाको प्रबन्ध मिलाइएका समाचारहरु प्राप्त भएका छन् यसरी गरिएको खोजीका क्रममा पक्राउ परेका केही व्यक्ति इस्लामिक स्टेट्स (आइएस) सँग सम्बन्ध रहेको अनुुमान गरिएकोले पनि सुुरक्षामा ध्यान दिनुपरेको सुरक्षा अधिकारीहरुको भनाई छ क्रिसमस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ जकार्ताका सुरक्षा अधिकारीहरुले भनेका छन्– हामीले सार्वजनिक स्थलमा निगरानी बढाएका छौँ, आजदेखि लिएर नयाँ वर्षको सुरुवातसम्म गरिने यस निगरानीले यहाँ हुनसक्ने असुरक्षाको अवस्थालाई कम गर्नेछ अमेरिकामा गोली प्रहार हुदा ११ घाइते यसैबीच संयुक्त राज्य अमेरिकाबाट प्राप्त समाचारअनुसार अमेरिकाका विभिन्न स्थानमा आयोजना गरिएका क्रिस्मसको पूर्व सन्ध्याका कार्यक्रमलाई लक्षित गरेर गरिएका आक्रमणहरुमा ११ जना घाइते भएका छन् क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरुमा बन्दुक हमला हुने गरेका छन् क्रिस्मस सप्ताहका लागि यहाँ सार्वजनिक विदाहरु सुरु भएका छन् । जसअनुसार ती विदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो सन् २०१६ को यस्तै क्रिस्मस समारोहमा भएको बन्दुक हमलामा परी ११ जना नागरिकको ज्यान गएको थियो । साथै त्यसमा परी ५९ जना नराम्ररी घाइते भएका थिए यस पटक भने सो समारोहलाई लक्ष्यगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुको भनाई छ । इस्लामिक स्टेट एवम् अन्य अतिवादीहरुका कारण हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरेर यो व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?